
काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक २०८० सर्वसम्मतिले पारित भएको छ ।
सभाको बुधबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विधेयकले कानूको रुप लिएर कार्यान्वयन गइसकेपछि अनुभवका आधारमा आवश्यक परिमार्जन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्