Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


‘प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार छु’


1.6k
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ ।

बुधबारको समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताउनुभयो । उहाँले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउनुभयो । उहाँले यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताउनुभयो ।

सभापति खतिवडाले छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताउनुभयो । आफू कसैको निगाहले राजनीतिमा नआएको बताउनुभयो । आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताउनुभयो ।

सभापति खतिवडाले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताउनुभयो ।