१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बजेट परम्परागत शैलीको छ, विकासमा सहयोग गर्दैन : सांसद बिष्ट


260
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको सम्रग विकासमा सहयोग नगर्ने टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाउनुभयो । बजेटमार्फत विकासको आधुनिक मोडलका साथ अगाडि नबढेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ छ ।

सांसद विष्टले मन्त्रालयगत विनियोजन समेत सन्तुलित नभएको टिप्पणी गर्नुभयो । उहाँले केही नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको समेत आरोप लगाउनुभयो । उहाँले अर्थमन्त्रीलाई ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाट मात्रै मन्त्री बन्न सक्नुहुन्छ रु भन्दै प्रश्न गर्नुभयो ।

राजनीतिक पूर्वाग्रहीका आधारमा बजेट विनियोजन गरिएके समेत सांसद बिष्टको आरोप छ ।