१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित


572
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रश्ताव गर्नुभएको थियो । प्रश्तावलाई सभामुख देवराज घिमिरेले निर्णयर्थ प्रश्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ ।