३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


आजबाट माओवादीले सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति पनि नराख्ने


6.292k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराउनुभयो । लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

शुक्रबारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले अवरोध नगर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरुको विमति र आरोप नहुने स्पष्ट पार्नुभयो ।