
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताउँदै उनीहरु नेपाल आउन चाहिरहेको र स्टारलिंकलाई नेपाल भित्राउन जरुरी रहेको बताउनुभएको हो ।
सांसद बजगाईंले इलन मस्कसँग भएको संवाललाई किनारामा पठाउन नहुने बताउनुभयो । उनीहरुको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उहाँको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्