
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ ।
बिहीबार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणा राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाउनुभयो ।
नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको परराष्ट्रमन्त्री राणाको भनाइ छ । उहाँले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताउनुभयो ।
सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्