Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित


351
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रश्तुत गरेको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरयोस्’ भन्ने प्रश्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भएकोले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभयो ।

आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।