३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


फुटबल खेलाडी प्रीति राई यस वर्षको उत्कृष्ट खेलाडी २०८१बाट सम्मानित


0
Shares

काठमाडौं । प्रीति राई सवोत्कृष्ट फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छन् ।

सामाजिक संस्था योङस्टार फाउन्डेसन नेपाल खेकुदपत्रकार मञ्च (एनएसजेएफ) संगको सहकार्यमा भएको कार्यक्रममा प्रीतिलाई नगद एक लाखसहित सम्मानित गरिएको हो ।

काठमाडौंको भाटभोटेनीस्थित आम्रपाली व्याङ्क्वेटमा भएको कार्यक्रममा योङ्स्टार फाउन्डेनका अध्यक्षले मोहनचन्द्र सिङ्ले प्रीतिलाई सम्मान गर्नुभएको हो. ।

सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेसंगै प्रीतिले यस किसिमको कार्यक्रममले खेलाडीहरुलाई सम्मान मिल्ने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष मोहनचन्द्र सिंहले प्रीतिजस्ता उदीयमान खेलाडीलाई सम्मान गर्न पाउनु खुसी लागेको बताउनुभयो ।

हालैसम्पन्न राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ टिमलाई च्याम्पिएन बनाउन महत्वपूर्ण योगदान गरेवापत खेलाडी प्रिती राईलाई सम्मान गरिएको हो ।

सम्मान कार्यmक्रममा पूर्व फटबलर ललित विक्रम शाह, पूर्व एथलेटिक्सका प्रशिक्षक मधु शमशेर राणा, पत्रकार स्यामचित्रकार, एनएसजेएफका उपाध्यक्ष सञ्जिव सिल्पकारका साथै एन्फा महिला फुटबल संघी अध्यक्ष पेमा डोल्पा लगायतको सहभागीता रहेको थियो ।