
काठमाडौं । बिहीबार विहान दिवंगत भएका नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटालाई सो पार्टीका नेताहरुले पार्टी कार्यालयमै श्रद्धाञ्जली दिएका छन् ।
अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ ह्याण्ड्स अस्पतालमा भर्ना भएका सापकोटालाई चिकित्सकले बिहीबार बिहान मृत घोषणा गरेका थिए । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा राखिएको सापकोटाको पार्थिव शरीरमा अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि स्वर्गीय सापकोटाप्रति श्रद्धाञ्जली दिनुभएको थियो । सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । २०७० को संविधानसभा निर्वाचनमा सापकोटा काभ्रेको तत्कालीन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनभएको थियो ।
प्रतिक्रिया दिनुहोस्