२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


क्लासिक टेक र टेक्नोफेस्टसँगको सहकार्यमा ‘ह्याकाथन प्रतियोगिता’ हुने


91
Shares

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्टसँगको सहकार्यमा “ह्याकाथन प्रतियोगिता” हुने भएको छ ।

शनिबार र आइतबार काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङमा प्रतियोगिता हुन लागेको हो ।

ह्याकाथनले युवा पुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरु विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको दाबी गरिएको छ । सहभागीहरुले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षालगायतका विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो दक्षता प्रदर्शन गर्न पाउने जनाइएको छ ।

साथै, विजेताले १ लाख रुपैंयाँसम्मको नगद पुरस्कार समेत जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा कोडिङमा रुचि हुनेहरु सहभागी हुन सक्नेछन् ।

नेपालमा डिजिटल रुपान्तरण र प्रविधिगत प्रगतिमा योगदान पुर्याउने आफ्नो प्रतिवद्धतालाई सशक्त बनाउन यो प्रतियोगिता आयोजना गरेको कम्पनीको भनाइ छ ।