Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


अध्यादेशहरु संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैन : बर्तौला


1.2k
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले अध्यादेशसम्बन्धी विषय व्यवस्थापकीय समस्याको कारणले प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचिबाट हटाइएको बताउँदै निर्णयमा पुग्ने सवालमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले आउँदो आइतवारको दिन अध्यादेशसम्बन्धी विषय संघीय संसदको दुवै सदनको बैठकमा निर्णयार्थ प्रश्तुत हुने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले अध्यादेशमा रहेका कमजोरीहरुलाई सच्याउनुपर्ने भए प्रतिस्थापन विधेयकको क्रममा सम्बोधन गर्न सकिने उल्लेख गर्दै यस विषयमा जसपा नेपालले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।