Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गल्याङ नगरपालिकालाई उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण


0
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाभित्र गाई पालन गरिरहेका किसानहरुको गाईहरुलाई नस्ल सुधार गरि दूध को उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत हेफर प्रोजेक्ट नेपालमार्फत गल्याङ नगरपालिकालाई उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण गरिएको छ ।

गल्याङ नगरपालिकाले कोरियन सरकार बाट नेपाल सरकारलाई उपहार मार्फत दिईएको उक्त बिज हेफर प्रोजेक्ट मार्फत नगरपालिकामा भित्र्याएको हो ।

कार्यक्रममा नगरप्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरपालिका भित्रका होलिस्टेन जातका गाईहरुलाई नगरपालिकाको पशु शाखा मार्फत बिज निःशुल्क लगाई दुध को उत्पादन बढाउने लक्ष्य नगरपालिकाले राखेको बताउनुभयो ।

नगरपालिका कृषि, स्वास्थ्य शिक्षा लाई प्रााथामितामा राखेर काम गरिरहेको उहाँको दाबी छ ।

Skip This