Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


उदयपुरको घुर्मीमा जीप दुर्घटना, एक विदेशी नागरिकको मृत्यु, आठ जना घाइते


0
Shares

ओखलढुंगा । उदयपुरको घुर्मीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुलेस सेभेल रहेका छन् । उनी कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी बजार नजिक दुर्घटना भएको हो ।

जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक चालकसहित ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिए ।