१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


इन्द्रजात्राका लागि भक्तपुरबाट ल्याइएको लिंगो हनुमान ढोका पुर्‍याइयो


0
Shares

काठमाडौं, असोज १ । इन्द्रजात्राको लागि भक्तपुरबाट ल्याइएको लिंगोलाई विधिपूर्वक पूजा गरी असनको भोटाहिटीबाट हनुमान ढोका पुर्‍याइएको छ । 

बिहान १० बजेर १७ मिनेटको शुभ साइतमा काठमाडौंका मानन्धर समुदायले बाजागाजासहित लिंगोलाई नगर प्रवेश गराएका हुन् ।

त्यसक्रममा गुरुजूको पल्टनसहित केन्द्रीय मानन्धर संघका पदाधिकारीको उपस्थिति थियो । हनुमान ढोकामा लिंगो उभ्याएपछि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ ।

यही असोज ५ गतेबाट इन्द्रजात्रा सुरु हुँदैछ ।