
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन मन्त्री एवं एमाले नेता लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाइने भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता सीताराम अर्यालले अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय भएको बताउनुभयो । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकै बेला अधिकारी गत कात्तिक १४ गते तीन जनालाई लिएर जापान जाँदै गर्दा टोकियो विमानस्थलबाट फर्काइएका थिए । अधिकारीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकोमा अधिकारीलाई मुद्दा नचल्ने निर्णय गरिएको हो ।
अधिकारीलाई उन्मुक्ति दिएर अन्य व्यक्तिहरुलाई भने मुद्दा दर्ता गरिएको छ । जापान जानका लागि गिरोहलाई लाखौं रकम बुझाएकाहरु विरुद्ध भने मुद्दा दर्ता गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्