Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


हेटौंडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह


1.5k
Shares

काठमाडौं । हेटौंडा-कुलेखानी-फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालयले हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको छ ।

कुलेखानी, सिमखोलानजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्ने गरी सडक बिग्रिएको छ । प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवन राजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको छ ।