१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान


481
Shares

काठमाडौं । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच तामाङलाई फाउण्डेशनले सम्मान गरेको हो ।

तामाङलाई एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएका दुई जनालाई सकुशल उद्धार गर्न सफल भएकोमा ५० हजार रुपैयाँ नगदसहित सम्मनन गरेको हो । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सद्भाव, सहिष्णुता, मानवता नेपालीहरुमा रहेको बताउनुभयो । उहाँले सेवा, त्याग भन्नेकुरा पढेर र कसैले सिकाएर नभइ मनबाट आउने कुरा भएको बताउनुभयो ।

गत असोज १२ र १३ गते देशभर आएको भीषण वर्षाका कारण काठमाडौं उपत्यकासहित भीषण बाढी, डुबान र पहिरो गएको थियो । जसकारण ठूलो जनधनको क्षति भएको छ । सडक सञ्जाल अवरुद्ध भएका छन् ।