Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बबरमहलमा हिमालयन आर्ट फेस्टिभल


351
Shares

काठमाडौं । काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा हिमालयन आर्ट फेस्टिभल भएको छ ।

फेस्टिभलमा १२० जना अग्रज र युवा कलाकारहरुका सृजना प्रदर्शनीमा राखिएका छन् ।

जसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला र पौभा कला रहेका छन् । कला प्रदर्शनीमा नेपाली तथा विदेशी कला पारखीहरूले किन्न समेत सक्नेछन् । कलाकार प्रदिप कुमार बज्राचार्यले अग्रज र नयाँ पुस्ताका कलाकृतिहरूलाई एकै थलोमा समावेश गरी कला प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।

प्रदर्शनीले युवा कलाकारहरूलाई कला सिर्जनामा थप प्रेरणा मिल्ने दावी कोक्युरेटर प्रतिमा थकालीको रहेको छ ।

ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष दसैँको पूर्व सन्ध्यामा यस्तो कला प्रदर्शनीको आयोजना गर्दे आएको छ । यो नेपालकै सबैभन्दा बृहत् कला प्रदर्शनी भएको आयोजकको दाबी छ ।