Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा


962
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।

आगामी असोज ५ गतेका लागि तोकिएको महासंघको निर्वाचन नहुने निश्चित भएपछि पोखरेलले पद त्याग गर्नुभएको हो ।

असोज ५ गतेका लागि तोकिएको निर्वाचनका लागि मतदाता नामावली समेत सार्वजनिक हुने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि गत चैतमा नै सकिएकोमा केन्द्रको भने सरेको स¥यै छ । तेस्रो पटक असोज ५ का लागि तोकिएको निर्वाचन पनि नहुने निश्चित देखिएको छ ।