
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालिन न्याय सम्बन्धि विधेयकबारे आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीको सो दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीको नेपालले शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउनका लागि सबै राजनीतिक दलहरुको सहमतीमा कानून बनाउने काममा प्राप्त गरेको सफलता द्वन्द्व व्यवस्थापन, शान्ति स्थापना र त्यसलाई दिगो ढंगले कायम राख्न दुनियाँलाई उपयोगी हुनेमा दुविधा नराख्न पनि आग्रह गर्नुभयो ।
केही देशहरुमा अलि सुन्दर ढंगले शान्ति प्रक्रियाको काम अघि बढे पनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने सवालमा नेपालले प्रश्तुत गरेको दृष्ष्टान्त अरुका लागि पनि अनुकरणीय हुने प्रधानमन्त्री ओलीको भनाई थियो । हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काम गरिएको उल्लेख गर्दै उहाँले त्यो सफलता दुनियाँको लागि नमूनाको रुपमा रहने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कानून बमोजिम संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने गरी सबै दलको सहमतीमा छिटो भन्दा छिटो आयोग बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमनत्री ओलीले सरकारले संविधानको पालना गर्ने कुरामा कुनै कमी नराख्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्