
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाको वडा नम्बर ९ र १० मा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ९ को दर्लिङखोलामा पहिरोले एउटाघर पुरेको छ भने वडा नम्बर १० को आरुपाटामा तीन वटा घर पुरिएका छन् ।
दुवै घटनामा परी आठ जनाको ज्यान गएको र चार जनालाई जिवितै उद्धार गरिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेत छन् । यस्तै, वडा नं १० मा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढा, सञ्जु विककी ६ वर्षीया छोरी र ५९ वर्षीया मैतीदेवी विकको पनि मृत्यु भएको छ ।
४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढालाई पहिरोबाट जिवितै उद्धार गरिएको छ भने उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाईको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर गईसकेको बुझिएको छ ।








प्रतिक्रिया दिनुहोस्