Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘छोरी, ज्वाई र नाती कतै घुम्न गएका छन्, भोलि आउछन् जस्तो लाग्छ’


10.9k
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । गत बुधबार त्रिभुवन विमानस्थलमा उड्ने वित्तिकै दुर्घटना भई दिवंगत भएका यात्रुहरुको शवको पोस्टमार्टम सकिएको छ । शवहरु डढेको अवस्था रहे पनि कुनै पनि शवको डीएनए गर्नु परेन भने दुर्घटना भएको ४८ घण्टा वित्दा नवित्दै आफन्तजनलाई शव हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ ।

गत बुधबार दुर्घटना भएको सौर्य एयरलाईन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव बुझ्न परिवार आउने गरेका छन् । विगत ३ दिनदेखि परिवार दुर्घटनामा मृत्यु भएका आफन्तको शव लिन अस्पताल धाउने गरेका छन् । डढेको अवस्थामा रहेका शवहरुको पोष्टमार्टममा ढिलाई भए पनि दुर्घटना भएको ४८ घण्टापछि परिवारलाई शव हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । प्रहरीले एक एक गरि मृतको नाम भन्दै आफन्तलाई शव बुझाइ रकेको थियो । मन दरा पर्दै आफन्तको शव बुझिरहेका थिए ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा पुगेका आफन्तजन भने दुर्घटना हुनुमा एअरलाइन्स कम्पनी जिम्मेवार रहेको भन्दै आक्रोशित बन्ने गरेका छन् । हामीलाई कुनै आर्थिक सहयोग होइन् पीडामा साथ चाहिएको मृतकका आफन्तहरु बताउनछन् । आफ्नको सरकार र एरलाइन्स कम्पनीप्रति आक्रोश देखिन्थियो ।

दुर्घटनामा परिवारका ३ जना सदस्य गुमाएका प्रकाश खतिवडाले विमान कम्पनी र राज्यले समेत वेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म घटनास्थलमा पुगे पनि आफूहरुको मुख्य समस्याप्रति सरकार र विमान कम्पनीले बेवास्ता गरेको खतिवडाको गुनासो छ । खतिवडाले छोरी, ज्वाई र नाती गुमाउनुभएको छ । भक्कानीदै भन्नुहुन्छ । मेरो छोरी ज्वाई घुम्न गएको भोलि फर्केर आउने छन् जस्तो लागेको बताउनुहुन्छ ।

दुर्घटनाको पीडामा रहेका आफन्तजनले शव हस्तान्तरणमा ढिलाई भएको गुनासो गरे पनि फरेन्सिक विभागले भने यस्ता ठूला दुर्घटनामा दिवंगत हुुनेहरुको शव सामुहिक रुपमा नै हस्तान्तरण गर्ने चलन रहेको बताएको छ ।