Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


बालुवाटारमा टीआरसी सहजीकरण कार्यदलको बैठक हुँदै


754
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी सहजीकरण गर्न गठित कार्यदललाई बैठकका लागि बोलाउनु भएको हो । नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमाले नेता महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा कार्यदलमा हुनुहुन्छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेको कार्यदलको कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले चासो दिएर बैठक बोलाउनु भएको बताइएको छ । बैठक दिउँसो १२ बजेदेखि बस्दैछ ।