Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सप्तकोशी नदिले बगाएर एक बेपत्ता


715
Shares

सुनसरी । सप्तकोशी नदिले बगाएर सुनसरी बराहक्षेत्र नगरपालिका–३ की १८ वर्षिया मनिषा नेपाली बेपत्ता भएकी छिन ।

आइतबार बेलुका बराहक्षेत्र– ६ को बोराबाधमा साथीहरूसंग घुम्न गएकी उनी सप्तकोशीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले बताउनुभयो ।

सप्तकोशी किनारमा घुम्न गएकी मनिषाको सप्तकोशीको किनारमा हात मुख धुने क्रममा नदिले बगाएर बेपत्ता भएको डिएसपी भण्डारीले जानकारी दिनुभयो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले खोजी कार्य जारी राखेको छ ।