Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


रौतहटमा जन्ती बोकेको स्कारपियो शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु


221
Shares

रौतहट । रौतहटमा जन्ती बोकेको स्कारपियो शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाण्डौ निवासी कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ निवासी ७ वर्षिया स्वेता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

देबाहीगोनाही नगरपालिकाको धरहरीबाट जन्ति बोकेर सर्लाही जिल्लाको चक्रघटा घर फर्कर्ने क्रममा एच आर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी गडिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरमा दुर्घटना भएको हो ।

१२ जना सबार स्कारपियो दुर्घटनामा परेर गम्भीर घाइतेमध्ये ३ जनालाई प्रादेशिक अस्पताल गौरमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । स्कारपियो अचानक अनियन्त्रित भइ सडकको छेउमा रहेको नहरमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।