Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सर्लाहीको लक्ष्मीपुरकोद्राहमा बसले किचेर एकको मृत्यु


0
Shares

सर्लाही । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत सर्लाहीको लक्ष्मीपुरकोद्राह चौकमा आज बिहान बसले किचेर एक जनाको ज्यान गएको छ ।

सदरमुकाम मलंगवाबाट वीरगञ्जका लागि छुटेको ना २ ख ४५०८ नं. को दाइभाई बसले किच्दा हरिपुर नगरपालिका– ५ लक्ष्मीपुरका ३० वर्षीय आवास मन्सुरको ज्यान गएको हो ।

बिहान साँढे ६ बजेतिर बसमा चढ्न खोज्दा सह–चालकले बस्ने ठाउँ नरहेको भन्दै धकेल्दा मन्सुरलाई बसको पछाडिपट्टको चक्काले किचेको प्रत्यक्षदर्शीले बताएका छन्

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लान घटनास्थलमा मुचुल्का उठाउने काम भैरहेको छ ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय हरिपुरमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।