२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


चीनका उपविदेशमन्त्री आज नेपाल आउने


351
Shares

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै हुुनुहुन्छ ।

भोलिदेखि काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनहुन्छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

नेपालका रहँदा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री सुन बुधबार स्वदेश फर्कनु हुनेछ ।