Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


शिर्ष नेताहरुको बैठक सकारात्मक


1.8k
Shares

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने सन्दर्भमा भएको प्रमुख दलका शिर्ष नेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शिर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकमा सहकारी प्रकरणमा संसदीय छानविन बनाएर संसदमा प्रमुख प्रतिपक्ष दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले समिति बनाउनका लागि सबैको जोडबल रहेको बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउ परेको सन्दर्भमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो । उहाँले गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टममा उभिएर नेपाली कांग्रेसका विभिन्न नेताहरुलाई लाञ्छना गरेको भन्दै सो सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

उहाँले कुनै व्यक्ति र संस्थाको विषय भन्दापनि सहकारीमा अपचलन भएको सम्बन्धमा छानविन हुनेकुरा मुख्य भएको भन्दै भाषा र शैली मिलाउन सकिने धारणा राख्नुभयो ।