२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


निर्माण सामाग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन


0
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै बिरोध नरहने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति खतिवडाले यस्तो बताउनुभएको हो ।

सभापति खतिवडाले कांग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा काँग्रेस सकारात्मक रहेको बताउनुभयो । उहाँले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पु¥याएको पनि बताउनुभयो । उहाँले विधेयक गम्भीर रहेकाले शिर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताउनुभयो ।

सभापति खतिवडाले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने बताउनुभयो । उहाँले निर्माण सामाग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन परेको बताउनुभयो । निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको बताउनुभयो ।

सभापति खतिवडाले हप्तामा तीन दिन संसद चलाउने र तीन दिन समिति सञ्चालन गर्नेकुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रीतवद्धता जनाउनुभयो ।