Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


राष्ट्रिय बज्र फुल कन्ट्याक्ट कराते हुने


0
Shares

काठमाडौं । अर्को सातादेखि १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।

नेपाल क्योकुशिन कराते डो संघ बज्र (आइकेओवी)को आयोजनामा आगामी वैशाख २४ र २५ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ गरी ९ टोलीका एक सय १० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । पुरुषमा ७५ र महिला ३५ खेलाडी रहने छन् । पुरुषतर्पm ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

महिलामा भने खुलातर्पm प्रतिष्पर्धा हुने छ । पुरुष र महिलामा शिर्ष चार स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार, दुई हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कारका साथै पदक पाउनेछन् । नेपाल क्योकुशिन कराते डो संघ बज्र (आइकेओवी) का संस्थापक तथा अध्यक्ष जगत गौचनले बज्र नेपालबाट शुरु गरिएको मार्सल आटर््स रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरमा यो खेलको प्रवर्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यक हुने बताए ।