Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ओलीप्रति माधव नेपालको टिप्पणी – अरुलाई चुनौति दिने काम नगरौं


819
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाउनुभएको छ ।

शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको बताउनु भयो । अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौति दिनेहरु जन्मिएको दाबी गर्नुभयो । देश र जनताको सेवा गरौं भन्नुपर्नेमा ओलीले आफ्नो विकल्प नभएको भन्दै चुनौति दिँदै हिँडेको अध्यक्ष नेपालको भनाई थियो । उहाँले ओलीप्रति संकेत गर्दै मिठो बोल्न, देश र जनताको हितमा काम गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले ओलीले अरुको मानमर्दन गर्ने गरेको गुनासो पनि गर्नुभयो ।