Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


मोरङको बेलवारीमा दुर्घटना : ३ जनाको मृत्यु


455
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका– २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।

ट्रिपरले जिपलाई ठक्कर दिनु भन्दा पहिले काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताएका छन् ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।