Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


रामग्राम क्षेत्र भाडामा दिने निर्णयविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


91
Shares

परासी । नवलपरासीको रामग्राम क्षेत्र निजी कम्पनीलाई भाडामा दिने सहमति गरेको भन्दै जिल्लाका राजनीतिक दल र सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको गत असोज २१ गतेको बैठकबाट रामग्राम क्षेत्रको उत्थान, संरक्षण र सम्वद्र्धनका लागि भन्दै ‘प्रमिस्ड ल्याण्ड’ नामक निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको खुलासा भएकाले उक्त निर्णय बदर गर्न उनीहरुले माग गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था, संविधानसभा सदस्य, पूर्वराष्ट्रिय सभासदस्यलगायतले निमित्त प्रमुख जिल्ला अधिकारी सन्दीप लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा विश्वको एक मात्र सिंगो अस्तूधातु रहेको स्तूप क्षेत्रलाई निजी कम्पनीलाई सुम्पिंदा त्यसको महत्व ओझेलमा पर्नुका साथै पुरातत्व सामग्रीहरु हराउने र नष्ट हुने संभावना हुने उनीहरुको जिकीर छ ।

प्रधानमन्त्री पुष्मकमल दाहालका पूर्व घरभेटी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निजी कम्पनीलाई रामग्राम क्षेत्र ९९ वर्षका लागि भाडामा दिने निर्णय भएको खुलासा भएको हो ।