२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


नेपाल अपाङ्ग संघले मनायो ५४औं स्थापना दिवस


65
Shares

काठमाडौं । नेपाल अपाङ्ग संघले खगेन्द्र नवजिवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ९६ औं जन्मजयन्ती तथा नवजिवन केन्द्रको ५४ औं स्थापना दिवस शुक्रबार मनाएको छ ।

२०२६ सालमा विधिवत रुपमा नेपाल अपाङ्ग संघको स्थापना भएको थियो ।

नवजिवन केन्द्रले नेपाल अपाङ्ग संघको सकृयता तथा प्रत्यक्ष निगरानीमा नेपालका ७७ जिल्लाबाट आएका अपाङ्गता भएका ब्यक्तिहरुलाइ आश्रयको रुपमा स्थान उपलब्ध गराउदै आइरहेको छ । १ सय ३ जना अपाङ्गता भएका ब्यक्तिहरु खगेन्द्र नवजिवन केन्द्रमा आश्रय लिँदै आइरहेका छन् ।

अपाङ्गता भएकाहरुको सुलभ जीवन यापनको लागि ३ तहका सरकार सदैब तत्पर रहेको अर्थ समितिका सभापति सन्तोष चालिसेले बताउनुभयो ।

५८ रोपनी क्षेत्रफलमा स्थापित केन्द्रको हाता भित्र अपाङ्गता भएकाहरुको पठनपाठ्नको लागि माध्यामिक तहसम्मको बिद्यालय र स्वास्थ्य उपचारको लागी नेपाल अर्थोपेडिक अस्पताल पनि सञ्चालनमा रहेको छ । अपाङ्गता भएकाहरुकोलागी आवश्यक सेवा सुविधा र केन्द्रको विकासको लागि कुनै कसर बाकि नराख्ने नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देन लामाले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको आवश्यक सुबिधाको लागि गोकर्णेश्वर नगरपालिकाले सक्दो सहयोग गर्दे आएको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले जानकारी दिनुभयो । दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरु बिच भएको खेलकुद प्रतियोगिताका विजेतालाई नगरपालिकाका मेयर दीपक रिसाल तथा उप मेयर सानानी लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।