नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मीकि आश्रम जानका लागि निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहिन बनेको छ ।
दुई वर्ष अघि पुन सम्पन्न भएपनि बाटो बनाउन पहल नहुँदा पुल प्रयोगविहिन बनेको हो ।
पुलमा पुग्ने बाटो नै नबनाई ६ करोड ७४ लाखको लागतमा नारायणी नदीमाथि ४ सय ७९ मिटर लामो पुल बनाइएको हो ।
आफ्नै भूमिको ऐतिहासिक धार्मिक स्थलमा पुग्न भारतीय भूमि भएर जानुपर्ने बाध्यता भएपछि यहाँ पुल निर्माण गरिएको हो ।
यो पुल हुँदै वाल्मीकि आश्रम पुग्न चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र हुदै जानु पर्ने भएकाले बाटो बनाउन हारगुहार गर्दा पनि बाटो बन्न नसकेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
निकुञ्ज हुँदै ट्रयाक खोल्नका लागि शहरी विकास मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भए पनि रकम नआएकाले काम अघि बढ्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताउनुभयो ।
बाल्मिकी आश्रमको संरक्षणमा सरकारी स्तरबाट बेवास्ता भएपछि २०५४ सालमा ‘विश्व सनातन धर्म स्थापनार्थ मूल समिति’ गठन गरी संरक्षण थालिएको हो ।








प्रतिक्रिया दिनुहोस्