Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


खुशीबुमा देबरथारोहण चौथो ‘जंकु’ सम्पन्न


1.2k
Shares

काठमाडौं । काठमाडौंको खुशीबुमा देबरथारोहण चौथो जंकु सम्पन्न गरिएको छ ।

वृद्धवद्धा भएपछि नेवार समुदायले जंकु गर्ने प्रचलन रहेको छ ।

जंकुमा सुस्वास्थ्यको कामना र लामो आयु बाचेपछि उनीहरुबाट आर्शिवाद लिने परम्परा रहेको छ ।

सांस्कृतिक मान्यता अनुसार मनुष्य लामो आयु बाचेपछि देवता सरह भएको मानिन्छ । शुभ साइत हेरेर जंकु गर्ने प्रचलन रहेको छ ।

भीम रथारोहण जंकु ७७ सात सात महिना, चन्द्र रथारोहण ८८ साल ८ महिना र देब रथारोहण ९९ साल ९ महिना पुगेपछि गर्ने चलन रहेको छ । यतिखेर पांग्रा भएको रथमा राखेर नगर परिक्रमा गराइन्छ ।