Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


पर्वतमा ग्याँस गिजरमा नुहाउनेक्रममा एक जनाको मृत्यु


5.8k
Shares

पर्वत । पर्वतको सदरमुकाम कुश्मामा ग्यास गिजरको तातो पानीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ ।

कुश्मा नगरपालिका वडा नं. ६ का ३३ वर्षिय राज गुरुङ्ग बुधबार बिहान नुहाउन बाथरुम गएकोमा धेरै बेरसम्म ननिस्किएपछि परिवारले ढोका फोडेर हेर्दा उनी बेहोस भएको अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै जिल्ला अस्पतालमा पुर्‍याईएकोमा पोखराको मणिपाल अस्पताल लगिएको थियो ।

मणिपाल अस्पतालले भने उनलाई मृत घोषणा गरेको थियो । तातो पानीले नुहाउने क्रममा वाफमा निसास्सिएर उनको मृत्यु भएको अनुमान गरिएको छ । उनी हिजो साँझ मात्रै जापानबाट फर्किएका थिए ।