Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


नेपालमा राजासहितको प्रजातन्त्र मात्रै सही र सफल हुन्छ : कमल थापा


104
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताउनुभएको छ ।

गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै अध्यक्ष थापाले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गर्नुभएको हो ।

मंगलबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरुले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताउनुभयो । उहाँले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहोर्‍याउनुभयो ।

अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पुर्‍याएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गर्नुभएको थियो ।