१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा सोलुखुम्बुको स्याङ्बोचे भ्रमण


351
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

आइतवार राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्नुभएको छ ।

जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे जानुभएको हो । उहाँले स्थानीय बासिन्दासँग पनि छलफल गर्नुभएको छ ।

सोलुखुम्बुबाट काठमाडौं फर्केलगत्तै गुटेरेस ललितपुरस्थित यू.एन हाउसको कार्यक्रममा सहभागी हुुनुभएको छ । उहाँ आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ ।

भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानुहुनेछ ।

लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउसो चार बजे उहाँले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने तालिका छ । त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ ।

कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण सम्पन्न गरी फर्कने कार्यक्रम छ । उहाँ नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ ।