Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


धनकुटामा आधारभूत अस्पताल निर्माण कार्य अलपत्र


0
Shares

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा निर्माण थालिएको १५ शैयाको आधाभूत अस्पताल बजेट अभाव र निर्माण व्यावसायीका कारण अलपत्र परेको छ ।

संघीय सरकारले पठाउनु पर्ने रकम समयमा नपठाउँदा र निर्माण व्यावसायीको लापरवाहीका कारण आधारभूत अस्पताल अलपत्र परेको हो ।

गत असार मै निर्माण सम्पन्न भएर संचालन हुनु पर्ने अस्पतालको अहिलेसम्म जग हाल्ने र केही फिट पिलर ठड्याउने काम मात्र भएको छ ।

संघीय सरकारले समयमा रकम नपठाएको र निर्माण व्यावसायीले लापरवाही गर्दा अस्पताल निर्माण कार्यले गति नलिएको महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायले बताउनु भयो ।