
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।
समुह ‘बि’ को खेलमा आर्सनलले स्पेनको सेभियालाई उसैको मैदानमा २–१ ले हराउँदा फ्रान्सको लेन्स र नेदरल्याण्ड्सको आइन्डोभनले एक एक गोलको बराबरी खेले ।
समुह ‘ए’ को खेलमा जर्मनीको बायर्न म्युनिखले टर्कीको गालातासारेलाई उसैको मैदानमा ३–१ ले हराउँदा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडले डेनमार्कको एफ.सी कोपनहेगनमाथि १–० को जित निकाल्यो ।
समुह ‘सि’ मा स्पेनको रियाल मड्रिडले पोर्चुगलको स्पोर्टीङ ब्रागालाई २–१ ले पराजित गर्दा इटालीको नापोलीले जर्मनीको युनियन बर्लीनलाई १–० ले स्तब्ध पा¥यो ।
यसैगरि समुह ‘डि’ मा इटालीको इन्टर मिलानले अष्ट्रियाको साल्जबर्गलाई २–१ ले पराजित गर्दा स्पेनको रियाल सोसिडाडले पोर्चुगलको बेन्फीकालाई उसैको मैदानमा १–० ले पाखा लगायो ।
प्रतिक्रिया दिनुहोस्