
कामाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्याण्ड भिड्ने छन् ।
प्रतियोगितामा शिर्ष स्थानको न्युजिल्याण्ड र दोस्रो स्थानको भारतबिचको भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ । सुरुवाती चार खेलमा अपराजित न्युजिल्याण्ड र भारतको समान ८–८ अंक छ । आज धर्मशालामा हुने खेलको विजेता तालिकाको शिर्ष स्थानमा उक्लिनेछ ।
यसअघि हिजोको खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डमाथि २ सय २९ रनको फराकिलो जित हात पारेको छ । मुम्बईको वानखडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको लागि मध्यक्रमका ब्याटर हेनरिक क्लासनले १ सय ९ रनको सानदार इनिङ खेल्दा ओपनर रिजा हेन्ड्रीक्सलेले ८५ रनको योगदान दिए । इंग्ल्यान्डका रिस टोप्लीले ३ विकेट लिए । जितका लागि ४ सय रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड २२ ओभरमा १ सय ७० रनमै अल आउट भयो । यो इंग्ल्यान्डको विश्वकप इतिहासकै सवैभन्दा ठूलो हार हो ।
यसअघि इंग्ल्यान्ड सन् १९७५ को विश्वकपमा भारतसँग २ सय २ रनले पराजित भएको थियो । शनिवारको जितसँगै दक्षिण अफ्रिका ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्