
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले हराएको छ ।
भारतको दिल्लीमा गएराति भएको खेलमा अफगानिस्तानसँग हारेपछि साविक विजेता इंग्ल्यण्डलाई झट्का लागेको छ । अरुण जेट्ली क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८४ रन बनाएको थियो । उसका लागि रहमानुल्लाह गुर्बाजले ८० र इक्रम अलिखिलले ५८ रन जोडे । इंग्ल्यान्डका आदिल राशिदले ३ तथा मार्क उडले २ विकेट लिए ।
जवाफमा २ सय ८५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४० ओभर ३ बलमा अलआउट हुनुपूर्व २ सय १५ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डका ह्यारी ब्रुकले ६६ रन बनाउँदा अफगानिस्तानका मुजिब रहमान र रासिद खानले ३–३ विकेट लिए । जितसँगै अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेटमा अंकको खाता खोलेको छ । तिन खेलमा अफगानिस्तानको यो पहिलो जित हो भने इंग्ल्याण्डको दोस्रो हार हो ।
विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्नेछन् । दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । १० टोली सहभागि प्रतियोगितामा अंकबिहिन अष्ट्रेलिया पुछारमा छ भने श्रीलंका आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्