७ असार २०८२, शनिबार | Sat Jun 21 2025


स्तन क्यान्सरबारे सचेतना कार्यक्रम


91
Shares

काठमाडौं । विश्वभर स्तन क्यान्सर सचेतना जगाउने क्रममा नेपालमा पनि स्तन क्यान्सर सचेतना महिना मनाइएको छ ।

सचेतना महिना अन्तर्गत नेपाल क्यान्सर अस्पताल हरिसिद्धी र नेपाल क्यान्सर सर्भाइबर ग्रुपले राजधानीमा संयुक्त रुपमा स्तन क्यान्सर जनचेतना अभिबृद्धी तथा रोकथाम कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. कपिन्द्रशेखर अमात्यले नेपालमा पछिल्लो सयम स्तन क्यान्सरका रोगीहरुको संख्यामा बृद्धि हुँदै गएको भन्दै यसमा सचेत हुन सबैलाई अपील गर्नुभयो । उहाँले स्तन क्यान्सरको उपचार बिधि नेपालमै सम्भव रहेको पनि बताउनुभयो ।

कार्यक्रममा डा. प्रफुल्लमान शाक्यले स्तन क्यान्सर हुनेबितिकै आत्तिन नपर्ने भन्दै निर्धक्कका साथ उपचारबिधि अपनाउन महिला दिदीबहिनीलाई सल्लाह दिनुभयो ।

कार्यक्रममा सहभागी स्तन क्यान्सर जितेकाहरुले स्तन क्यान्सरबारे आ – आफनो अनुभव आदान प्रदान गरेका थिए । कार्यक्रममा स्तन क्यान्सबारे जनचेतना फैलाउन क्यान्सर बिजेताहरुहरुको अहम भूमिका रहने औंल्याइएको थि ।