Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ शुरु


871
Shares

ललितपुर । इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ शुरु भएको छ ।

बिहीवार ललितपुरमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’को उद्घाटन भएको हो । एक्स्पो उद्घाटन ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफूलाई नयाँ काम धेरै मन पर्ने बताउनु भयो । उहाँले नयाँ र नौलो काम गरेकैले मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मेयर ललितपुर भ्रमण गर्न आउने गरेको बताउनु भयो ।

मेयर महर्जनले एक्स्पोबाट आफू प्रभावित भएको बताउनु भयो ।