नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिमाणको पटाका बरामद भएको छ ।
भित्रि सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदैं गरेको अवस्थामा सशस्त्र प्रहरी नवलपरासीको गस्ती टोलीले बरामद गरेको हो ।
बरामद पटाकाको बजार मूल्य ९ लाख ५० हजार बढी रहेको सशस्त्र प्रहरी बल नवलपरासीका प्रहरी नायब उपरीक्षक यज्ञमान साउदले जानकारी दिनुभयो । भारतको ठूठीबारीबाट महेशपुर नाकाहुँदै उक्त पटाका ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।
चाडवाड नजिकिएसँगै सीमावर्ती नाकाबाट विष्फोटक जन्य पटकाहरु नवलपरासीतर्फ भित्रिने गरेका छन् । बरामद भएको पटाकालाई खाल्डोमा पुरेर नष्ट गरिएको छ । पटकासँगै पक्राउ परेको सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ भने चालक फरार छन् ।









प्रतिक्रिया दिनुहोस्