Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


दशैंका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि


507
Shares

काठमाडौं । दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्।

पुरानै भाडा कायम गरेर दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो।