Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


खुर्सानी खेतीबाट मासिक ५ लाखको आम्दानी


10.7k
Shares

तेह्रथुम । गाउँमा राम्रो रोजगार र आम्दानी नभएकै कारण युवाहरु विदेशमा पलायन हुँदै आइ रहेको बेला छथर जोरपाटी गाउँपालिका ६ मजुवा मेघबहादुर खड्काले गाउँमै भेडे खुर्सानी खेतीबाटै राम्रो आम्दानी लिँदै आएका छन् ।

श्रम र मेहनतको साथै प्राविधिक ज्ञान तथा वातावरण सुहाउँदै खेती गर्न सके गाउँ मै राम्रो आम्दानी लिन सकिने उदाहरण दिएका छन । खड्काले २० रोपनी क्षेत्रफलमा टनेल निमार्ण गरि खुर्सानी खेती गर्दै आएका छन् । करिब ५० रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका उनी परिवार सँगै रमाउँदै खुसार्नी बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । ४५ लाख लगानी गरी सुरु गरेका उनले खुसार्नी बिक्रीबाट मासिक ५ लाख आम्दानी लिनको साथै युवाहरुलाइ रोजगार दिँदै आएको बताए।

खड्काले घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा सिंहदेवी कृषि फर्म द्रर्ता गरी तरकारी खेतीलाई जोड दिँदै आएका छन् । ठुला साना गरी २० वटा टनेलमा भेडे खुसार्नी खेती गर्दै आएका उनी किसानको रुपमा बनेका छन् । अहिले ३ जना युवाहरु यही फर्ममा रोजगार बनेका छन् । फर्ममा काम गर्न पाएपछी परिवार धान्न सहज बनेको छथर गाउँपालिका १ तेह्रथुमका भिमबहादुर बिकलेको भनाई छ ।

अहिले खुर्सानी प्रतिकिलो १ सय १० देखी १ सय १५ रुपैयाँ सम्म बिक्री हुँदै आएको छ । यहाँ उत्पादन भएको खुर्सानी धरान,ईटहरी र बिराटनगर लगायतका स्थानहरुमा निर्यात हुँदै आएको छ । खुसार्नी खेतीबाट राम्रो आम्दानी हुन थालेपछी यहाँ युवाहरु यो खेती तर्फ आकर्षित बन्न थालेका छन् ।