काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस आज विहान दाङमा दुर्घटनामा भएको छ ।
पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा आज बिहान ६ बजेतिर बस दुर्घटना हुँदा बसमा रहेका २५ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार रहेको जनाइएको छ ।
घाइतेहरुको उद्दार गरेर उपचारका लागि लमही पठाइएको पनि प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्